You are viewing the translated version of धरौटी बापतको पेश्की फरफारक गर्नु पर्ने.

Rule 55
धरौटी बापतको पेश्की फरफारक गर्नु पर्ने
(१) यो नियमावली प्रारम्भ हुँदाका बखत कार्यालयले टेलिफोन, धारा, विद्युत र यस्तै अन्य सुविधा उपयोग गरे बापत त्यस्तो सुविधा उपलब्ध गराउने कुनै निकायमा राखेको धरौटी रकम तिर्नु पर्ने रकमबाट नियमित रूपमा कट्टा गरी हिसाब मिलान गरी फरफारक गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम फरफारक गरेको धरौटी बापतको पेश्कीको जानकारी तालुक कार्यालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा दिनु पर्नेछ।